काठमाडौं– गत २४ घण्टामा ४३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षणमा ३७०२ र १७८४ एन्टीजेन परीक्षणमा ६६७ जना गरी ४,३६९ जनामा संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा ६२०५ जना संक्रमणमुक्त भएका छन् । सोही अवधिमा १०९ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

