काठमाडौँ —
नेकपा (एमाले) स्थायी कमिटि बैठक बस्दै छ ।
बैठक आइतबार साँझ ५ वजे बस्नेछ ।
बैठकमा पार्टी विवाद र स्पष्टीकरण सोधिएका १२ नेतालाई कारबाहीबारे छलफल हुने भएको छ ।
यसअघि बसेको बैठकले वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको थियो भने उपमहासचिव घनश्याम भुसालसहित थप १२ नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

