नेपाल एसबिआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं. ३ स्थित श्री नेपाल राष्ट्रिय कर्णाली माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई स्कुल ब्याग, शैक्षिक सामग्री, र पोशाक वितरण गरेको छ।
उक्त सामग्रीहरू बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले विद्यालय व्यवस्थापन समिति अध्यक्ष बसन्ती बलामी र प्रधानाध्यापक जंग बहादुर तारामीलाई एक विशेष कार्यक्रमबीच हस्तान्तरण गरेका थिए।
सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजेश कुमार पंडा, प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल, सुदूर पश्चिम प्रदेश प्रमुख सन्तोष कुमार भण्डारी, विद्यालयका पदाधिकारी, शिक्षक, तथा अन्य स्थानीय सहभागीको उपस्थिति थियो।
नेपाल एसबिआई बैंकले शिक्षा क्षेत्रमा यस किसिमका कार्यक्रमहरूलाई प्राथमिकता दिँदै सामाजिक उत्तरदायित्व अन्तर्गत विविध गतिविधिहरू सञ्चालन गर्दै आएको छ।
नेपाल एसबिआई बैंकले हाल देशभर १०० शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम, र १ कर्पोरेट कार्यालय मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।

