काठमाडौँ: कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गुल्मीमा ‘तपाईको मास्क खै’ अभियान चलाइएको छ ।
‘म पनि माक्स लगाउछु, अरुलाई पनि माक्स लगाउन प्रेरित गर्छु’ भन्ने अभियानका साथ जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति गुल्मीको अगुवाइमा अभियान सुरु गरिएको हो ।
कोरोना भाइरसको सक्रमणबाट सुरक्षित रहन आम नागरिकलाई आग्रह गर्दै मास्क नलगाई यात्रा गर्ने सर्वसाधरणलाई सचेत गराउनका लागि अभियान चलाइएको हो ।
यसैगरि कोरोनाको दोस्रो लहरबाट प्रभावित पारिरहेको बेला फेरि तेस्रो लहर फैलिन सक्ने भन्दै जिल्लामा मास्क लगाउन कडाइ गर्दै अभियान चलाइएको समाचार छ।
बजारक्षेत्रमा हुने मानिसको चापलाई मध्यनजर राखेर सर्वसाधरण र सवारी चालकलाई मास्क वितरण गरिएको छ ।
गुल्मी जिल्लामा दोस्रो लहरको रुपमा फैलिएको कोरोनाबाट ४१६ जना सक्रिय संक्रमित रहेका छन् ।
हालसम्म जिल्लामा कोरोना संक्रमणबाट ९२ जनाको मृत्यु भइसकेको छ ।
