काठमाडौं: पछिल्लो २४ घन्टामा देशभर तीन हजार चार सय ८१ जना कोरोना संक्रमित थपिएका छन् ।
पीसीआर परीक्षणमा दुई हजार ६ सय १६ र एन्टिजेन परीक्षणमा आठ सय ६५ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९०७ पीसीआर परीक्षणमा २,६१६ र ५,७४९ एन्टिजेन परीक्षणमा ८६५ जना गरी ३,४८१ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा १० हजार नौ सय सात जनाको पीसीआर र पाँच हजार सात सय ४९ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।
बुधबार ३५ जना संक्रमितको मृत्यु भएको छ ।
हालसम्म मृत्यु हुने संक्रमितको संख्या १० हजार एक सय ५० पुगेको छ ।

