काठमाडौं: सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि)अन्तर्गतका परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चारवटा केन्द्र तोकेर परीक्षार्थीलाई खोप दिने भएको हो ।
राधास्वामी केन्द्र वसुन्धारा, सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीरेन्द्र सैनिक अस्पताल छाउनी र नेपाल प्रहरी अस्पताल पानीपोखरीबाट खोप दिन लागिएको मन्त्रालयले जनाएको छ ।
सरकारको यो निर्णयलाई सकारात्मक रूपमा लिएको र सबै विद्यार्थीलाई खोपको यथाशीघ्र व्यवस्था गर्नुपर्ने बिद्यार्थीको माग छ ।
त्रिविअन्तर्गत हाल स्नातक र स्नातकोत्तर तहका विभिन्न विषयको परीक्षा चलिरहेको छ ।

