काठमान्डौ:२४ बैशाख ।
सेरम कम्पनीमा भएकाे आगलागी र क्षमता विस्तारमा अवरोध भएकाले क्षमता विस्तार हुनेबित्तिकै खोप ल्याइने मन्त्रालयले सूचनामार्फत जानकारी दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप खरिदबारे विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारमा कुनै सत्यता नरहेको दाबी गरेको छ। मन्त्रालयले शुक्रबार एक सूचना जारी गरी यस्तो बताएकाे हो।
‘कोभिसिल्ड खोप खरिदबारे समाचारहरूको सन्दर्भमा मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको छ,खोप खरिद सम्बन्धमा स्वास्थ्य सेवा विभाग आफैले निर्णय गर्ने भएकोले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई संलग्न गरि आएका समाचारहरुमा सत्यता नरहेको समेत सर्वसाधरणमा जानकारी गराइन्छ,’सूचनामा भनिएको छ।

