नेपाल सरकार र निजी क्षेत्रले ल्याएका अक्सिजनलगायत स्वास्थ्य सामग्री बोकेका गाडी तातोपानी भन्सारतर्फ आउँदैछ । ती सामग्री बोकेका कन्टेनर गाडी सम्भवत आज तातोपानी भन्सार आइपुग्नेछ। स्वास्थ्य सामग्री बोकेका गाडी छुटिसकेको भन्ने खबर छ,’ तातोपानी भन्सार नाकाका प्रमुख नारद गौतमले भने, खासाभन्दा माथिबाट स्वास्थ्य सामग्री ल्याउन लागिएको हो।’
उनले शनिबार ती सामग्री नाका आइपुग्ने अपेक्षा गरे पनि नआएको बताए।‘आज सामान आइपुग्छ कि,’ उनले भने, ‘नाकामा सामान आइपुगेपछि तत्कालै काठमाडौं पठाइन्छ। निजी क्षेत्रले सात हजार ५ सय सिलिन्डर अक्सिजन ल्याउन लागेका छन्। साथै सरकारी तर्फबाट कति सिलिन्डर ल्याउन लागिएको भन्ने खुलेको छैन। उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले १८ हजार सिलिन्डर अक्सिजन नेपाल ल्याउन लागिएको उल्लेख गरेका छन्।
