काठमाडौँ: पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयाघात भएको छ ।
मेयर जिसीलाई शुक्रबार बिहान करिब ४ बजेको समयमा हृदयाघात भएको हो ।
अहिले पोखराकै मणिपाल अस्पतालमा मेयर जिसीको उपचार भइरहेको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए ।
मेयर जिसीको अवस्था अहिले सुधारोन्मुख भएपनि शरीरको दायाँ भागमा समस्या देखिएकाले थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको बरालले जानकारी दिए ।

