एभरेष्ट बैंक लिमिटेडले कोशी प्रदेशको पूर्वी पहाडी जिल्लाका ग्राहकहरूलाई आधुनिक, भरपर्दो र दिगो बैंकिङ सेवा पुर्याउने लक्ष्यसहित पाँचथरको फिदिम नगरपालिका–१ मा २०८१ फागुन ८ गते आफ्नो १३०औँ शाखा र ताप्लेजुङको फुङ्लिङ नगरपालिका–४ मा फागुन ९ गते १३१औँ शाखाको औपचारिक उद्घाटन गरेको छ।
यी शाखाहरू सञ्चालनमा आएसँगै बैंकले पाँचथर र ताप्लेजुङका बासिन्दालाई सहज, सरल र प्रविधिमैत्री सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
उद्घाटन समारोहमा बैंकका सञ्चालक किरण कृष्ण श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्मा र कोशी प्रदेश प्रमुख सुधीर गौतमको उपस्थिति थियो। फिदिममा नगर प्रमुख मित्र प्रसाद काफ्ले र फुङ्लिङमा नगर प्रमुख अमिर मादेनसहित सरकारी प्रतिनिधि, स्थानीय संघसंस्था, बैंक कर्मचारी र बासिन्दाहरूले उत्साहपूर्वक सहभागिता जनाए।
यी नयाँ शाखाहरूले स्थानीय स्तरमा राष्ट्रियस्तरको बैंकिङ सुविधा उपलब्ध गराउनुका साथै क्षेत्रको आर्थिक विकासमा योगदान पुर्याउने बैंकको विश्वास छ। आगामी दिनमा वित्तीय पहुँच नपुगेका अन्य ठाउँमा पनि शाखा विस्तार गर्ने योजना रहेको बैंकले जनाएको छ।
पंजाब नेशनल बैंक भारतसँगको साझेदारीमा स्थापित एभरेष्ट बैंकले हाल १४ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ। देशभर १३१ शाखा, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय र १६७ एटीएम सञ्जाल रहेको यस बैंकले मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा पनि प्रदान गर्छ। नेपाल सरकारको राजस्व संकलनका लागि ३२ संकलन केन्द्रमार्फत सेवा दिइरहेको बैंकले भारतको नयाँ दिल्लीलगायत अन्य मुलुकमा समेत प्रतिनिधि कार्यालयमार्फत आफ्नो पहुँच विस्तार गरेको छ।

