काठमाडौं: माओवादी केन्द्रका सांसद मात्रिका यादवलेले प्रतिनिधि सभा पुनःस्थापना र वर्तमान सरकारलाई परमादेश परमादेश भन्नेको मानसिक सन्तुलन खल्बलिएको टिप्पणी गरेका थिए ।
बिहीवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा यादवले नेकपा छँदै ओलीको शारीरिक र मानसिक स्वास्थ्यका बारे आफूले स्थायी कमिटी बैठकमै कुरा उठाएको बताएका हुन् ।
‘यो परमादेश भयो, परमादेशको सरकार भन्ने पूर्व प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर चुनाव लडेर आउन सुझाव दिन्छु । यो सरकाले ६ महिनामा चुनाव गराइदिन्छ । जसलाई परमादेशले आएको लागेको छ राजीनामा दिए हुन्छ । परमादेश भन्ने जनादेशको अपमान गर्ने ?’ यादवले भने, ‘जे मन लाग्यो त्यही बोल्ने सदनमा आएर ? अपमान गर्ने ?’
यादवले अस्वस्थ व्यक्तिलाई मुलुक जिम्मा लगाउँदा दुर्घटना भएको टिप्पणी गरे । ‘एउटै पार्टी हुँदा अध्यक्ष प्रचण्डलाई भेनेको थिएँ, मैले स्थायी कमिटीको बैठकमै भनेको थिएँ– उहाँ मेन्टल्ली पनि, फिजिकल्ली पनि ठीक हुनुहुन्न, उहाँलाई जिम्मेवारीको भारी किन बोकाउनुहुन्छ ? जहाज उडाउँदा त पाइलटको स्वास्थ्य चेक हुन्छ, देशकै जहाज उडाउन दिएपछि दुर्घटना हुँदैन ? अहिले कहाँ पुगिरहेको छ ?’ यादवले भने ।
यादवले हुटिट्याउँले आकाश थामेजस्तै लोकतान्त्रिक गणतन्त्र आफैँले थामेको भ्रम नपाल्न ओलीलाई सुझाव दिए ।
‘एउटै टेपमा बोलेजस्तै सबैले परमादेश परमादेश भनेको छ, जसको मेन्टल्ली बिग्रेको छ, त्यसले परमादेश भन्छ, सबैले भन्दैन,’ यादवले भने ।

