काठमाण्डौ । रमण कन्स्ट्रक्सनका सञ्चालक पवन महतो पक्राउ परेका छन्। ठगी कसुरमा जनकपुरस्थित कन्स्ट्रक्सनका सञ्चालक उनलाई काठमाडौँबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी वरुणकुमार सिंहले भने,‘ठगी कसुरमा उनीविरुद्ध धनुषाकै सन्तोष यादवले उजुरी दिनुभएको थियो, सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो,’ डीएसपी सिंहले भने, ‘अहिले महतोलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखेर थप अनुसन्धान हुँदैछ।’
पवनसँगै उनका बुवा बलराम महतोविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।
पवन र उनका बुबा बलराम महतोले आफ्नो एक करोड रुपैयाँ भन्दा धेरै ठगी गरेको भन्दै यादवले उनीहरुविरुद्ध उजुरी गरेको प्रहरीले जनाएको छ।
उजुरी गर्ने यादव पवन महतोका यसअघिका व्यावसायिक साँझेदारसमेत हुन्। आफूलाई आर्थिक एवम् आपराधिक विश्वासघात गरेको आरोप लगाउँदै महतोविरुद्ध यादवले उजुरी दिएपछि प्रहरीले महतोलाई पक्राउ गरेको हो।

