रामेछाप, मङ्सिर १३ गते । राष्ट्रिय प्रसारण लाइनमा ५२.४ मेगावाट विद्युत् थप भएको छ । रामेछाप र ओखलढुङ्गा जिल्लाको सीमामा बग्ने लिखु नदीमा निर्माण भएको लिखु–४ जलविद्युत् आयोजनाबाट उत्पादित ५२.४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।
आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेपछि नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।
आयोजनाबाट अहिले करिब ३५ मेगावाट विद्युत् केन्द्रीय ग्रिडमा जोडिएको छ । निजी क्षेत्रको ग्रिनभेन्चर लिमिटेडद्वारा २०१८ अक्टोबरबाट काम थालेको आयोजनाले तीन वर्षमा आयोजना सम्पन्न गरी विद्युत् बिक्री गर्न थालेको हो ।
