काठमाडौं: ज्योति विकास बैंकले उपल्लो डोल्पाको न्यासिल गाउँस्थित श्रीयान्जेर गुम्बा विद्यालयको विद्यार्थीहरुकोलागि हिमालयन डेभलपमेन्ट इनिसियटिभ (एच.डी.आइ) को “प्रोजेक्ट ज्योति” मार्फत रु. दुईलाखको आर्थिक सहयोग प्रदान गरेको छ।
ज्योति विकास बैंककातर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री श्रीचन्द्र भट्टले हिमालयन डेभलपमेन्ट इनिसियटिभका अध्यक्ष श्री पेमा छिरिङ गुरुङलाई सो रकम प्रदान गर्नुभएको थियो।
एचडीआईले सो रकमबाट यान्जेर गुम्बा विद्यालयका ५० जना विद्यार्थीलाई सोलार तथा विधुतिय माध्यमद्वारा चार्ज हुने बत्तीहरू प्रदान गरेको छ।
सो बत्तीहरूले विधुतिय सेवाबाट वन्चित न्यासिल गाउँका यान्जेर गुम्बा विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई घरमापनि अध्ययन गर्न थप सहजता प्रदान गर्नेछ।
“प्रोजेक्ट ज्योति” नाम दिइएको यस परियोजनामा एचडीआई र राष्ट्रिय आविष्कार केन्द्रकोसंगको सहकार्यमा यान्जेर गुम्बा विद्यालयमा सोलार प्यानल र उच्च क्षमताको पावरवाल निर्माण गरि जडान गरिनेछ। सो पावरवालले विद्यार्थीहरुलाई दिनभर बत्ती चार्ज गर्ने सुविधा प्रदान गर्नेछ।
एचडीआई नेपालका हिमाली क्षेत्रका जनताकालागि गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाहरू प्रदान गर्ने गैर सरकारी संगठन हो।
नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागरगर्नकोलागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित हाम्रो विकास प्रवर्द्धन कोष मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्षरुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरु गर्दै आएको छ।
ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ।

