११ वैशाख, काठमाडौं । पुरानो धरहरा भएको सुनधारामा नयाँ धरहराको उद्घाटन हुँदै छ ।
बैशाख ११ गते शनिबार बिहान ११ बजेर ११ मिनेटमा प्रधानमन्त्री ओलीले लोकतन्त्र दिवसको दिन पारेर नयाँ धरहरा उद्घाटन गर्न लागेका हुन् ।
धरहरा त ठडिएको छ, तर यसको स्वामित्व कसले लिने र धरहरामा चढ्नेहरूका लागि कसले टिकट काट्ने भन्ने अझै टुंगो लागिसकेको छैन ।
साथै, धरहराको फेदमा निर्माण हुनुपर्ने संरचनागत कामहरु पनि अझै सकिएको छैन ।
