बौध्द दर्शनका प्रचारक एवं पुराना वामपन्थी नेता स्वर्गीय खिलानाथ लेखीकाे स्मृतिमा एक श्रध्दाँजली कार्यक्रम सम्पन्न भयाे । गठ्ठाधरस्थित उहाँकै निवासमा भएकाे कार्यक्रममा दिवंगत व्यक्तित्वकाे याेगदानमाथि वक्ताहरूले चर्चा गरे ।
मध्यपुर थिमि न. पा. वडा न. ७ अध्यक्ष क्रृष्णकुमार प्रजापति नेपाल कम्युनिस्ट पार्टी का सचिवालय सदस्य महेन्द्र जाेशी, केस अर्जुन कार्कि, वामपन्थी चिन्तक ,हरि राउत तथा स्व.लेखीका कान्छाे छाेरा निमिश लेखी,स्टार एक्सप्रेस साप्ताहिकका सम्पादक प्रवीण जाेशीलगायतले श्रधाञ्जली मन्तव्य राख्नुभएकाे थियाे ! समाजसेवी तथा शिक्षाप्रेमी पनि रहनुभएका स्व. लेखी गत ७७ चैत्र २२ गते आफ्नंैनिवास फत्तेपुर सप्तरीमा ७६ वर्षकाे उमेरमा असमायिक देहावसान हुनुभएकाे थियाे । स्वर्गीय आत्माकाे चिर शान्तिकाे कामना गर्दै १ मिनेट मौन धारणा गरिएकाे थियाे ।
