दिपक योगी – काठमाडौं
नेपाल एसबीआई बैंक लिमिटेड (Nepal SBI Bank LTD.)को ३१ औं वार्षिक साधारण सभा ( 31Annual General Meeting ) आज पौष २१ काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ ।
उक्त सभाले ३.८० प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद गरी कुल १०.६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नुको साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गरेको छ । सभाले चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति पनि गरेको हो ।
सभामा बैंकको अध्यक्ष श्री जयन्ती बन्सल ज्यु , प्रमुख कार्यकारी अधिकृत श्री दिपक कुमार दे ज्यु र कम्पनी सचीव श्री श्रीधर अधिकारी ज्यु ,एसबीआई बाट मनोनीत संचालक श्री पिनाकी नाथ बनर्जी ,सर्वसाधारण सेयर धनीबाट निर्वाचित संचालक श्री अप्सरा उप्रेती ज्यु , संचालक समितिबाट नियुक्त स्वतन्त्र संचालक श्री गोपाल प्रसाद भट्ट ज्यु , कर्मचारी संचय कोषबाट मनोनीत संचालक श्री भरत राज वस्ती ज्यु लगायत सम्पुर्ण सेयर धनीहरु उपस्थित थिए । यो बैंकमा भारतको ५५% लगानी रहेको छ भने ४५% नेपालको संघसंस्था र सर्बसाधारणको छ । सभामा बैंकको अध्यक्ष जयन्ती बन्सलले बोल्दै २०८१ असार मसान्तमा बैंकको कुल डिबेन्चर रु ५८५.३७ करोड रहेको बताउनुभयो ! बैंकले पुँजी आधार सुदृढ बनाउनको लागी आर्थिक बर्ष २०८०/८१ मा पुरक पुँजी अन्तर्गत रहने गरी रु. १४१.८४ करोडको डिचेन्जर जारी तथा संकलन गरेको थियोे ।बैंकले आ.व.२०८०/८१ मा संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम संचालन गर्न गरिएको खर्च रु। ८,८८७,१५३.१८ कम्पनी ऐन, २०६३ को दफा १०५ को उपदफा १ को खण्ड (ग) ले निर्धारण गरेको सीमा नाघेको हुँदा सो खर्च अनुमोदन उक्त सभामा गरेको छ ।
बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरू गाभ्ने र गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरू गाभ्ने र गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ख्याउने सम्बन्धमा प्रचलित नियम, कानून बमोजिम बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु गर्याउने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गरेको हो ।

