काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको अभिकर्ता, कर्मचारी र पोलिसी होल्डर्सलाई पोखरामा रहेको अन्नपूर्ण केबलकारमा उपलब्ध हुने सेवासुविधामा ३० प्रतिशत विशेष छुट पाउने भएका छन् । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र अन्नपूर्ण केबलकारबीच भएको दुईपक्षीय समझदारीअनुसार यस्तो व्यवस्था गरिएको हो ।
सम्झौतामा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनी र अन्नपूर्ण केबलकारको तर्फबाट सञ्चालक चन्द्रबहादुर कार्कीले समझदारीमा हस्ताक्षर गरेका छन् । कम्पनीले जीवन बीमा कारोबार सुरु गरेको सात वर्ष पूरा गरी आठौँ वर्षमा प्रवेश गरेको छ साथै कम्पनीप्रति विश्वास गरी बीमालेख खरिद गर्नै ७० लाखभन्दा बडी बीमितहरू रहेका छन्, अन्नपूर्ण केबलकारसँगको यस समझदारीले इन्स्योरेन्सका ग्राहकहरूले लिने सेवा तथा सुविधामा विशेष सहुलियत पुग्ने रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले जनाएको छ । कम्पनीले बीमा क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्वपूर्ण भूमिका खेलेको छ ।
