काठमाडौं । कवि सुशीला बिष्टद्वारा लिखित कवितासंग्रह ‘निम्छरा आवाजहरू’ लोकार्पण भएको छ । बनेपा नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा बिष्टकृत कवितासंग्रह सार्वजनिक गरिएको हो । प्रमुख अतिथी प्रा डा रामप्रसाद ज्ञवाली, प्रा डा नारायणप्रसाद गड्तौला, प्रगतिशील लेखक संघ, वागमति प्रदेशका अध्यक्ष डा हरि सिलवाल, बनेपा क्याम्पसका क्याम्पस प्रमूख पारश काफ्ले, समिक्षक देवु लुईटेल, गायक मच्छेश्वर सापकोटा लगायतले कृति सार्वजनिक गरेका हुन् ।
प्रगतिशिल लेखक संघ काभ्रेद्वारा आयोजित लोकार्पण समारोहमा कवितासंग्रहमाथि साहित्यकार देवु लुईटेलले कविता-कृतिको समीक्षा गरिन् ।
‘निम्छरा आवाजहरू’मा ६३ छन्दोवद्ध कविता संग्रहित रहेको कवि बिष्टले टपटेन खबरसित बताइन् ।

