काठमाण्डौ । बैदेशिक रोजगारीको सिलसिलामा भारत पुर्याएर त्यहाँ बन्धक ३५ नेपालीको उद्धार गरिएको छ । बन्धक बनाइएका ३५ जना नेपालीको शनिबार उद्धार गरिएको हो ।
बन्धक बनाइ कुटपिट गर्दै शारीरिक एवम् मानसिक यातना दिँदै रकम असुली गरेको सूचनाका आधारमा दिल्लीस्थित नेपाली राजदूतावासले ३५ जना नेपालीको उद्धार गरेको छ ।
उत्तराखण्ड प्रहरी र केआइ इन्डियाको सहयोगमा उनीहरूको उद्धार गरिएको दूतावासले विज्ञप्तिमार्फत जनाएको छ। बैदेशिक रोजगारीका शिलशीलामा उनीहरू बन्धक भएका बताइएको छ।

