काठमाण्डौ । अमेरिकाले इरानमाथि आक्रमण शुरू गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले इरानका तीनवटा स्थानमा सफलतापूर्वक हमला गरेको बताएका छन्।
उनले आणविक कार्यक्रम नष्ट गर्ने इजरायलको प्रयासमा अमेरिका प्रत्यक्ष संलग्न भएको उल्लेख गरेका छन्।
सामाजिक सञ्जालमार्फत ट्रम्पले भनेका छन्, ‘हामीले फोर्डो, नातान्ज र एस्फहान सहित इरानका तीन आणविक केन्द्रमा सफल आक्रमण गरेका छौँ।’

