माधव नेपाल पक्षसँग रहे पनि नयाँ दल दर्तामा सहभागी नभएका एमालेका १० जना स्थायी कमिटी सदस्यहरु बुधबार एमालेको बैठकमा सहभागी भएका छन्।
एमालेले मंगलबार च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा गरेको स्थायी कमिटी बैठकमा भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, अमृत बोहोरा, योगेश भट्टराई, गोकर्ण बिष्ट, घनश्याम भुसाल, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी भएका हुन्। यसअघि उनीहरु अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा भएका बैठकमा अनुपस्थित रहँदै आएका थिए।

