काठमाडौं- नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो । यससँगै सोमबार छापावाल सुनको मूल्य दुई लाख १७ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुन प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेको छ । यससँगै सोमबार चाँदीको मूल्य प्रतितोला दुई हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।

