जंगली हात्तीको आक्रमणबाट मेचीनगर नगरपालिका-१४ शनिबारेमा एकजनाको मृत्यु भएको छ। शुक्रबार बिहान साढे ६ बजे शनिबारेमा टंक पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा भद्रपुर नगरपालिका-९ का ६० वर्षीय रामबहादुर बुर्जा मगरलाई जंगली हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईले जानकारी दिए।
