अनिश्चितकालका लागि पशुपति मन्दिर बन्द भएको छ ।
कोरोना संक्रमणको जोखिमका कारण पशुपतिनाथ मन्दिर शुक्रबारबाट बन्द गरिएको हो ।
पशुपति क्षेत्र विकास कोषले शुक्रबारबाट दर्शनार्थीलाई रोक लगाउने र नित्य पूजामात्रै गर्ने निर्णय गरेको छ ।
पशुपतिनाथ, गुह्येश्वरी लगायतका मन्दिरहरुमा अनिश्चितकालका लागि नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी रोक लगाइएको बताइएको छ ।
कोरोना संक्रमणका कारण २०७६ चैत ११ गतेदेखि ९ महिनासम्म पशुपतिनाथ मन्दिर बन्द गरिएको थियो । संक्रमण केही कम भएपछि २०७७ पुस १ गतेदेखि पुनः पशुपतिनाथ मन्दिर खुल्ला गरिएको थियो ।
