सन्दर्भ वातावरण दिवस
– शिव कुमार श्रेष्ठ
हिमालय नेपालको मात्र होइन, विश्वकै जलवायु मानक हो । विगत २० वर्षदेखि जलवायु परिवर्तनको कारण ग्लोबल वार्मिङ्ग बढ्न गई हिम पर्न ह्रास हुनको साथै दिउँ पग्लने क्रम तिव्र भइरहेको छ । जसको कारण हिम रेखाहरु क्रमशः उकालो लाग्दै गईरहेको छ । मौषमी चक्र अनुसार पाँच हजार मिटर माथि वर्षा हुँदैन । हिमपात मात्र हुन्छ तर विडम्बना हिम रेखा क्षेत्रमा वर्षा हुन थालेको छ । इसिमोडका अनुसार हिमाल नेपाल लगायत विभिन्न आठ वटा देशहरुमा फैलिएको छ । हिमाल एशियामा ३ हजार ५ सय किलो मिटरमा फैलिएको छ । पारिस्थितिक प्रणालीमा निकै परिवर्तनका कारण हालसम्म ६५ प्रतिशत हिमनदी बिलाउनदै गएका हुन् भने सन् २१०० सम्म ८० प्रतिशत हिमनदीहरु बिलिन हुने अनुमान गरिएको छ । साथै अनगिन्ती जैविक विविधता र प्रजातिहरु पनि लोप हुने इसिमोडले जनाएको छ । विश्वको तेस्रो धु्रव मानिने सगरमाथा हिन्दकुश पर्वतीय क्षेत्रको मेरुदण्ड हो । विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत विश्वका धेरै अग्ला हिमालहरु हिन्दकुश पर्वतीय क्षेत्रमा पर्दछ । नेपालको हिमाल नेपालको मात्र नभई विश्व मौषमको मापत हो । यसको संरषणमा सबैको जिम्मेवारी हुनु पर्दछ ।
हिन्दुकुश पर्वत श्रृंखला भन्डै ३ हजार ५ सय किलो मिटर पूर्व पश्चिम क्षेत्रफल ओगटेका मुलुकहरुमा बर्मा, भुटान, भारत, नेपाल, पाकिस्तान, अफगानिस्तान, किर्जिकिस्तान सम्म फैलिएको छ । जसमध्ये मुख्य रुपमा ब्रम्हपुत्र देखि पश्चिम, सिन्धुनदीदेखि पूर्वका २ हजार ४ सय किलोमिटर क्षेत्रफललार्य लिन सकिन्छ । हिमाली श्रृखलामध्ये नेपालमा मात्र ६ हजारमाथिका १ हजार ३ सय दश वटा हिमालहरु हुन् । ८ हजार माथिका विश्वका १४ वटा हिम श्रृंखला मध्ये ८ वटा हिम श्रृंखला नेपालमा मात्र छ । सगरमाथा, कंचनजंघा, लोत्से, मकालु, चोयु, धौलागिरी, मनास्लु, अन्नपूर्ण नेपालमा ।
पाकिस्तानमा केटु, नङगापर्वत, गासेर बु्रम, ब्रोज्पिक, गासेर बु्रम दोश्रो, तथा चीनको सिसा पाङमा रहेको छ । हाल ८ हजार भन्दा माथिका थान ६ वटा हिमालहरु नेपालमा रहेको पुष्टी भईसकेको तर उन्तराष्ट्रिय स्तरबाट मात्यता पाउन बाँकी छ । एशियाको हिमालय, दक्षिण अमेरिकाको एन्डिज र युरोपको अलप्स, उराल्स, उत्तरी अफ्रिकाको एटलस माउन्टेन र उत्तरी अमेरिकाको रक्की माउन्टेन पर्दछ ।
नेपालले जलवायु परिवर्तनको कारण अकल्पनिय क्षति व्यहोरी रहेकोले यस विषयलाई “थिम” का रुपमा लिनु पर्दछ । यसका कारण हिमताल विस्फोट, चुरे भावरको समस्या र तराई मधेशमा पानीका स्रोतहरु क्रमशः सुक्दै गएको संकटको घण्टी बजेकोले सिङ्गो मानव जातिमा प्रहार हुँदा परिस्थिति अनुकुल आफूहरुले परिस्कृत र रुपन्तरण गर्दै जानु पर्ने बेला आइसकेको छ ।
वि.सं. २०८२ साल जेठ २–४ गते “जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य” को विषयमा सगरमाथा संवादले २५ बुँदे कार्ययोजना सार्वजनिक गर्यो । यसले हिमाली क्षेत्रको आर्थिक, सामाजिक क्षेत्रको उन्नति र प्रगतिको साथै भौगोलिक पारिस्थितिक प्रणालीको संरक्षण गरि मानव लगायत त्यस क्षेत्रमा आश्रित सम्पूर्ण जैविक जीवजन्तु र वसस्पतिको संरक्षण हुने कुरामा शंका छैन । यसका लागि हिमालका चुनौती प्रति सूसुचित गर्ने र जनचेतना बढाउने कार्य गर्नु आवश्यक छ । नेपालले जलवायु परिवर्तनको कारण अकल्पनिय क्षति व्यहोरी रहेकोले यस विषयलाई “थिम” का रुपमा लिनु पर्दछ । यसका कारण हिमताल विस्फोट, चुरे भावरको समस्या र तराई मधेशमा पानीका स्रोतहरु क्रमशः सुक्दै गएको संकटको घण्टी बजेकोले सिङ्गो मानव जातिमा प्रहार हुँदा परिस्थिति अनुकुल आफूहरुले परिस्कृत र रुपन्तरण गर्दै जानु पर्ने बेला आइसकेको छ । के हामी हाम्रा हिमाल, नदी, वनजंगल र पहाड सहित सिङ्गो पृथ्वीको सुरक्षामा योगदान पुर्याई रहेका छौं ? हालैका वर्षहरुमा हिमालका हिउ पग्लने क्रम र हिमताल विस्फोटन तिब्र गतिमा छ । प्रदूषित हावाले हिमनदी, ग्लोसियर र हिमालहरु पग्लने गति बढाउछ र जैविक विविधतालाई खतरामा पुर्याउँछ । हिमालय पर्वत मानव जातिका साझा सम्पदा हुन् । यसले मानवजातिलाई पालन पोषण गरि रहेका छन् ।
वि.सं. २०८२ साल जेठ १ गते हुम्लाको नाम्खा गाउँपालिका वडा नं. ६ को तिल गाउँमा २ वटा हिमताल फुटी बाढी र गेग्य्रान सहितको पहिरोले २२ वटा घर वगाएको छ । साथै उक्त वाढीले ५ वटा काठेपुल बगाएको, १५ किलोवाटको जलविद्युत आयोजना, पानी घट्टा र कैयौं हेकटर खेतीयोग्य जमिन बाढी र पहिरोले बगाएको छ । पछिल्लो समय २०८१ साल जेठमा हिउ पर्न छाडेर भिषण वर्षा हुँदा गेग्य्रान सहित लेदोले हिमालपारीको जिल्ला मुस्ताङको कागवेनी देखि जोमसोमसम्मको मानव वस्तु तथा खेती नष्ट गरि ३१ वटा घर, होटल कोरोला सडकको पक्की पुल, झोलोङ्गेपुल, दुईवटा गाडी र तीन वटा विद्याुतको पोल पूर्ण रुपमा क्षति बनायो । तिव्र रुपमा पग्लिरहेको हिमाल बढ्दै गईरहेको हिमताल जुन सकुै बेला फुट्न सक्ने र विपत्ति निम्तिन सक्ने अवस्थामा छ । वि.सं. २०७७ सालमा हिम ताल फुटेर मेलम्चीमा आएको वाढीले खानेपानी आयोजना वस्तु, खेतीयोग्य जमिन र भौतिक संरचना नष्ट गरेको थियो । गत वर्ष २०८१ सालमा थामेमा २ वटा हिमताल फुटेर आएको बाढीले मानव वस्ती, पुल, जलविद्युत आयोजना लगायत विभिन्न भौतिक संरचना नष्ट भएको आलै घाउ छ । त्यस्तै माछापुच्छ्रे हिमालको फेदीको हिमताल फुटी पोखराको सेतीनदीमा बाढी आउँदा नदी छेउको वस्ती बगाएको र धनजनको क्षति बनाएको इतिहास साक्षी छ । यी बाहेक हिमाली जिल्ला मनाङ र मुस्ताङ हिम पातको साटो वर्षा र बेमौषमी वर्षाले थप नयाँ चुनौतीका रुपमा देखिएको छ ।
प्राकृतिक प्रदूषक मानिस भएको छ । सभ्यताको विकासक्रममा आधुनिक औद्योगिक युग र विश्वव्यापी बजारीकरण युग आयो । समयले विकास सँगै परिवर्तन र क्रान्ति ल्याउछ । हालका वातावरणीय चुनौतीका रुपमा जलवायु परिवर्तन, जैविक विविधताको क्षति र प्रदूषण मुख्य रुपमा मानव सृर्जित मानिन्छ ।
सन् २०२३ मा संयुक्त राष्ट्र संघका महासचिव एन्टिनो गुट्रेजले नेपालको सगरमाथा क्षेत्र र अन्नपूर्ण वेश क्याम्पको स्थलगत अवलोकन गरेसँगै विश्व व्यापी रुपमा नेपालको हिमालमा परेको दुष्प्रभावबारे प्रचार भएको थियो । त्यस्तै सन् २०२४ डिसेम्बर २–१३ सम्म नेदल्याण्डको हेगमा अन्तराष्ट्रिय अदालतमा जलवायु न्यायमा आफूले नगरेको कार्यको फल आइलागेको भनि नेपालको तर्फबाट ध्यानाकर्षण गरेको थियो ।
अजरवैजनको राजधानी बाकुमा भएको संयुक्त राष्ट्र संघिय जलवायु परिवर्तन सम्बन्धि सम्मेलन कोप–२९ मा कमविकसित र विकासोन्मुख मुलुकहरुले भौगोलिक राष्ट्रहरुको कार्वन उत्सर्जनको कारण वातावरणीय समस्या आएको भन्दै जलवायु न्यायको माग गरेका थिए । जलवायु परिवर्तनको समस्या समाधान र न्यायको उपायमा जलवायु बित्तको भूमिका महत्वपूर्ण छ । प्राप्त जलवायु वित्तिय स्रोतहरुको प्रभावकारी उपयोग हुन सके दिगो तथा जलवायु कृषि अभ्यास र खाद्य सुरक्षा सुधारमा मद्दत गर्न सक्छ । कोपका हरेक सम्मेलनमा नेपालले जलवायु न्याय र समानताको पक्षमा आवाज उठाउँदै आएको छ । जलवायु वित्त भनेको विकासशील देशलाई जलवायु परिवर्तन सँग जुइसका लागि स्रोत र सहयोग उपलबध गराउनु हो । जलवायु बित्तका साथसाथै दिगो र समावेशी रणनीतिको पनि आवशयक छ । जलवायु परिवर्तनको प्रतिकार्यको लागि वित्त प्रवाह गर्न र जलवायु अनुकलनको महत्वाकांक्षा सफल बनाउन संयुक्त राष्ट्रसंघले सक्रिय पहल गर्दै आएकोमा सगरमाथा संवादले झनै उचाइमा पुर्याई सुनमा सुगन्ध थप्ने कुरमा सन्देश छैन ।
हिमाललाई समुद्रतटसम्म जोडनु पर्छ । जीवारमा इन्धनको विगत सय वर्षको अति दोहनले पृथ्वीको तामान बढेको वैज्ञानिक तथ्य हो । हिमालको मुद्दा दस्तावेजीकरणका निम्ति अध्ययन अनुसन्धानको आयामलाई फराकिलो बनाई नीति, योजना र कार्यक्रममा योगदान गर्नु पर्ने हुन्छ । सगरमाथा संवाद प्रथमले हिमालका विषयलाई उजागर गर्न सफल भएको छ । जलवायु जोखिमबाट प्रभावित र संवेदनशील अवस्थाका हिमालहरुलाई बचाउन विश्वव्यापी रुप मै साझा अवधारणा तथा कार्यक्रमहरुका लागि राष्ट्रिय, अन्तराष्ट्रिय, द्धिपक्षीय, बहुपक्षीय तथा बैकल्पिक स्रोतबाट न्यायोचित, पहुँच योग्य तथा दिगो भविष्य निर्माणको प्रतिवद्धता जरुरी छ । हिमालहरु बिश्वव्यापी सार्वजनिक सम्पत्ति हुन् र हिमाल संरक्षणका लागि व्रदेशिक र स्थानीय दुवैको पहल कदमी आवश्यक छ । एक तर्फ सेताम्मे हिमाल देख्दै गर्दा अर्कातर्फ काला पथ्थरका भित्ताहरु बढ्दै गईरहेको छ । हिऊ घट्दै छ, हिमपहिरो, हिम ताल बढ्दो छ । हिमालयलाई केवल भौगोलिक पर्वन नभई सभ्यता, संस्कृति र सहजीवनको सेतु भएकोले सुरक्षित राख्नु हाम्रो साझा जिम्मेवारी हो । हामीले सावधानी, वुद्धिमत्ता र सम्मानपूर्वक यी हिमालहरु को संरक्षण गर्न सदा अग्रसर हुनु पर्दछ । जलवायु संकटबाट मुक्त हुने मार्गचित्र भनेकै हरित अर्थतन्त्र हो । यसैबाट र स्वस्थ पृथ्वीको भविष्य सुनिश्चित छ । मानव सभ्यता को समृद्धि र निरनतरताको निम्ति पृथ्वीलाई वचाउन हिमालयलाई स्वस्थ राख्नु जरुरी छ । तवमात्र मानवको भविष्य उज्ज्वल र जीवन संभव छ ।

