काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्सको ‘बिजनेश एक्सलेन्स अवार्ड नाइट २०२५’ भव्यता साथ सम्पन्न भएको छ । आर्थिक बर्ष २०८१–८२ मा उत्कृष्ट व्यबसाय गर्ने कम्पनीमा आबद्ध अभिकर्ताहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजित कार्यक्रम पोखरामा सम्पन्न भएको हो ।
कम्पनीका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, नावय प्रमुख कार्यकारी अधिकृतहरू, चिफ मार्केटिङ अफिरहरू, प्रदेश प्रमुखहरू र कम्पनीका कर्मचारीको सहभागितामा पोखरा ग्राण्डमा उक्त अवार्ड समारोह सम्पन्न भएको हो ।
कम्पनीका अभिकर्ताहरूको व्यबसायीक उत्कृष्टता, समर्पण र निरन्तरताको कदरस्वरुप उक्त विषेश कार्यक्रम आयोजना गरिएको थियो । स्वदेशी उद्योगहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले अभिकर्ताहरूलाई नेपालमै निर्मित स्वदेशी आँखिझ्याल शैलीका विशेष अवार्ड प्रदान गरिएको थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले कम्पनीले प्राप्त गरेको सफलता, सम्मान र अवार्डहरु अभिकर्ता र कर्मचारी साथीहरूको निरन्तरको मेहनत र सहकार्यको प्रतिफल भएको बताए । खड्काले भविष्यमा अझ प्रगतिशील, प्रविधिमैत्री, बीमित र अभिकर्ता केन्द्रित सेवाहरू सञ्चालन गर्दै लैजाने उदघोष गरेका छन् ।

