काठमाडौै: नेकपा एमालेबाट विभाजित भइ पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको समूहले प्रस्तावित नेकपा (एकीकृत समाजवादी) विधिवत् दर्ताको लागि दिएको निवेदनमाथि निर्क्यौल गर्न बुधबार निर्वाचन आयोगमा सनाखत हुँदैछ ।
सनाखत अघि एमालेबाट विभाजित नेताहरूले चन्द्रागिरि हिल्सको भेलाबाट नेकपा (एकीकृत समाजवादी) को विधान, नियमावली र घोषणापत्र पारित गरेको छ ।
घोषणापत्र र पार्टीको संरचना एमालेकै जस्तै छ । तर पार्टीको रणनीतिक लक्ष्य भने वैज्ञानिक समाजवाद हुनेछ ।

