काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा सरकार र जेनजी प्रतिनिधिबीच छलफल सम्पन्न भएको छ । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानमन्त्री सुशीला कार्की र जेन-जीको प्रतिनिधित्व गर्ने विभिन्न व्यक्तिको सहभागिता रहेको थियो ।
छलफलमा मन्त्री, सरकारी उच्चपदस्थ अधिकारीलगायतको सहभागिता रहेको थियो ।
बैठकमा जेनजीका प्रतिनिधिरू मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुञ्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुञ्जन शाह ठकुरी र धीरज जोशी सहभागी थिए ।

