नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग वार्ता नहुने बताएका छन्।
सोमबार एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश राणाले आफूलाई सर्वोच्चमा प्रवेश नदिन धर्ना दिइरहेको बारलाई वार्ताका लागि आह्वान गरेका थिए। आफू न्यायाधीश हरिकृष्ण कार्कीको समितिले दिएको प्रतिवेदन कार्यान्वयन गर्न अग्रसरता लिने प्रस्ताव पनि गरेका थिए।
बारको धर्नालाई सम्बोधन गर्दै सोमबार दिउँसो अध्यक्ष श्रेष्ठले राणाले राजीनामा दिनुको विकल्प नभएको बताएका हुन्।
