काठमाडौँ– नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपाले आज मंगलबार नेपाल बन्दको आह्वानले चौतर्फी असर गरेको छ ।
लामो दुरीका सवारीसाधन चलेनन् भने छोटो दुरीका उपत्यका बाहिर नचले पनि राजधानीमा चलेका थिए ।
सो पार्टीका इन्चार्ज प्रज्वलनले सोमबार साँझ विज्ञप्ति जारी गर्दै इन्धनलगायत दैनिक उपभोग्य सामानको मूल्य वृद्धि खारेजीका लागि सरकारलाई चौतर्फी दबाब दिन नेपाल बन्दको आह्वान गरिएको बताएका छन् ।
उनले बन्द रहर नभई बाध्यता भएको बताए। विप्लवको पार्टीले नेपाल बार एसोसिएसनको आन्दोलनमा जाने अधिवक्तालाई नरोक्ने भएको छ।
न्यायालय शुद्धीकरणका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै नेपाल बार देशव्यापी आन्दोलनमा उत्रिएको छ ।
विभिन्न ठाउँबाट विप्लवका दर्जनौं कार्यकर्ता पक्राउ परेका छन् ।
