काठमाडौं । मुक्तक मञ्च केन्द्रीय समिति, पोखराको नवौं अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले अम्बिका भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
शनिवार पोखरामा सम्पन्न अधिवेशनले भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्माण गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा अम्बिका ओझा, उपाध्यक्षमा निर्मल पौडल र किरण ढकाल, महासचिवमा श्रद्धा आचार्य, सचिवमा विना बराल, राजन अधिकारी चयन भएका छन् भने
करण कपुर खनाल कोषाध्यक्षमा चयन भएका छन् ।
अधिवेसनले कार्यसमितिको सदस्यहरूमा सन्देश पाैडेल, सुस्मा अधिकारी, कृष्ण सुवेदी, सुरेन्द्र ल्वागुन, सुन झाँकी ‘सूर्य’, विष्णुप्रसाद पौडेल र मनिषा लामिछानेलाई चयन गरेको छ।

