काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य नयाँ रेकर्ड नजिक पुगेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा तोलामा १४०० रुपैयाँले वृद्धि भएको छ ।
सोमबार यससँगै छापावाल सुनको मूल्य तोलामा एक लाख ६९ हजार ६०० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा१ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

