काठमाडौ /नेपाल लाईब्रेरी फाउन्डेसन (NLF)काे छैटौं अधिवेशन बिहीबार सम्पन्न भयाे। संस्थापक अध्यक्ष शरदबाबु श्रेष्ठकाे प्रमुख आतिथ्यमा र अध्यक्ष चक्रबहादुर थापाकाे सभापतित्वमा सम्पन्न अधिवेशनले आगामी कार्यकालको लागि साहित्यकार डा.छायादत्त न्यौपानेकाे अध्यक्षतामा ११सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे छ ।
उक्त समितिका उपाध्यक्षमा डा. सीता सुवेदी ,महासचिवमा धनकुमार श्रेष्ठ ,सचिवमा शेखर अर्याल र काेषाध्यक्षमा लता अधिकारी सर्वसम्मत निर्वाचित गरिएकाे छ। यसैगरी सदस्यहरुमा प्रवीणराज जाेशी, श्री कृष्ण कार्की , डा. नारायण प्रसाद गैरे , यज्ञराज भट्ट , प्रवीण बाबु ढकाल र सत्या अधिकारी रहेका छन् ।
Advertisement


