काठमाण्डौंं। सिन्धुपाल्चोकमा तास खेलिरहेको अवस्थामा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका–६ का ४० वर्षीय राकेश बस्नेतसहितका व्यक्तिहरू छन्।
राकेश चौतारा साँगाचोकगढी–५, नवलपुर चोकस्थित संकल्प होटेल एन्ड भोजनालयका सञ्चालक हुन् । उक्त होटेलको कोठाभित्र जुवातास खेलिरहेको अवस्थामा शुक्रबार ९जेठ १६० दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
नगद ६९ हजार ७३० रुपैयाँ र तीन बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

