साउन २९
मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको साहायक संगठन क्रान्तिकारी युवा संघ नेपाल, काठमाडौंको जिल्ला संगठन समितिको भेला सम्पन्न भएको छ ।
मंगलबार काठमाडौंको असनचोक स्थित पार्टी कार्यालयमा सम्पन्न भएको एकता जिल्ला भेलाले साङ्गे लामाको संयोजकत्वमा १५ सदस्यीय जिल्ला सम्मेलन समिति चयन गरेको छ
कार्यक्रममा क्रान्तिकारी युवा संघ नेपालका केन्द्रीय संयोजक सुर्य तिमिल्सिना, सहसंयोजक दोर्जी शेर्पा, उक्त संघका ९ नम्बर क्षत्रीय समन्वय समितिका संयोजक असल वाइवा र पार्टीका काठमाडौं जिल्ला समितिका सेक्रेटरी प्रकाशले अतिथ्यता गर्नुभएको थियो ।

