सुनसरी: पार्टी विभाजन प्रकृयामा रहेका बेला प्रदेश १ मा भिम आचार्यले मुख्यमन्त्री बन्न जोडबल गरेका थिए ।
नेपाल पक्षका नेताहरु पनि उनीप्रति सकारात्मक थिए । तर आचार्य एमालेमै रहेपछि प्रदेश १ का माधव नेपाल पक्षका सांसदहरुले उनलाई साथ नदिने बताएका छन् ।
प्रदेश १ मा नयाँ सरकार बनाउन पर्याप्त सांसद नयाँ पार्टीमा रहेको र आचार्य एमालेमै रहे पनि माधव पक्षका अन्य सांसद समाजवादीमै रहने भएकाले अब आचार्य मुख्यमन्त्री बन्ने सम्भावना सकिएको बताइएको छ ।
प्रदेश १ मा एमालेका शेरधन राईलाई हटाएर नयाँ मुख्यमन्त्री चयन गर्न कांग्रेस, माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको प्रस्तावित पार्टी नेकपा एकीकृत समाजवादी प्रयासरत छन् ।
सम्भावित मुख्यमन्त्रीको रुपमा कांग्रेसका राजीव कोइराला तथा एमालेका भीम आचार्य र राजेन्द्र राईको नाम चर्चामा थियो ।

