प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले दिल्लीबाटै निर्वाचन आयोगमा सनाखत गरेका छन्। उनले भर्चुअल माध्यमबाट दिल्लीबाटै सनाखत गरेका हुन्।
आयोगले दल दर्ताका लागि दिएको निवेदनमा हस्ताक्षर भएकालाई मात्रै आयोगको कार्यालयमा उपस्थित भएर सनाखत गर्न दिने बताएको थियो। तर खनाललाई भने दिल्लीबाटै भर्चुअल माध्यमबाट सनाखत गर्ने व्यवस्था मिलाइएको छ। खनाल उपचारका क्रममा दिल्लीमा छन्।

