पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद र केन्द्रीय सदस्यले पार्टी दर्ताका लागि सनाखत गरिसकेका छन्।
नेकपा एमालेबाट विभाजन भएर गएको नेकपा एकीकृत समाजवादी पार्टीमा एमालेका २९ सांसद र ५५ केन्द्रीय सदस्यले आफ्नो हस्ताक्षर सनाखत गराएका छन्।
दर्ताका लागि दिइएको निवेदनमा हस्ताक्षर नगरेकाहरुलाई आयोगले सनाखतमा सहभागी गराएको छैन। जसका कारण नेताहरु झलनाथ खनाल, सोमप्रसाद पाण्डेलगायत केही छुटेका छन्। अब कानुनतः उनीहरु एमालेमै रहेको मानिनेछ। उनीहरुलाइ एमालेले कारबाही गरेमा सांसद पद जानेछ।
सरकारले संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत सदस्य पुर्याएर पार्टी विभाजन गर्न सक्ने अध्यादेश ल्याएपछि एमाले औपचारिक विभाजन भएको हो।
(एमालेबाट नेकपा एकीकृत समाजवादीको पक्षमा उभिएका सांसदहरुको सूची)




