गुल्मीको घमिरका एक युवा १६ दिनपछि मृत फेला परेका छन्। मालिका गाउँपालिका– ७ घमिर दीर्घका ३१ वर्षका लेखनाथ पन्थी मृत अवस्था फेला परेका हुन्। उनी भदौ २८ गतेदेखि परिवारको सम्पर्क बाहिर थिए।
बुधबार पन्थीको शव घरनजिक जंगलमा सडेको अवस्थामा फेला परेको थियो। स्थानीयले निउरो टिप्न जाने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पान्डेयले जानकारी दिए। उनी शारीरिक र मानसिक रूपमा अशक्त रहेको प्रहरीले जनाएको छ।
