प्रविण जोशी
मध्यपुर थिमि: शंखधर बचत तथा ऋण सहकारी संस्था लि. काे १४ ओेैं वार्षिक साधारण सभा शनिवार एक भव्य र सभ्य कार्यक्रमकाे आयाेजना गरि सम्पन्न गरियाे ।
प्रमुख अतिथि बागमती प्रदेशका उद्याेग वाणिज्य राज्यमन्त्री सरस्वती बाटीले कार्यक्रममकाे शुभारम्भ गर्नुभयाे ।
उक्त अवसरमा राज्यमन्त्री बाटीले शंखधर साकाेसले गर्दै आएकाे याेगदानकाे प्रशंसा गर्नुहुंदै समाज परिवर्तनमा सहकारीकाे भुमिका अमुल्य रहेकाे विचार व्यक्त गर्नुभयाे !
बागमती प्रदेश सांसद प्रतिमा श्रेष्ठलगायतले शुभकामना मन्तव्य दिनुभएको सभाका अध्यक्ष रामसुन्दर श्रेष्ठले सहकारकाे सेवा बारे प्रकाश पार्नुभयाे ।

यसैगरी लाेकन्थलीस्थित दिव्यश्वरी बचत तथा ऋण सहकारी संस्थाकाे १४ ओै वार्षिक साधारण सभा जिल्ला सहकारी संघका अध्यक्ष केदार खड्काकाे प्रमुख आतिथ्यतामा सम्पन्न भयाे ।
सभा संस्थाका अध्यक्ष प्रदिप शर्माकाे सभापतित्वमा भयाे।

