-प्रविण जोशी
भक्तपुर: मध्यपुर थिमि नगरपालिका – ४ शंखधरमार्ग ( बायरिला लां ) टाेल सुधार समितिकाे आयाेजनमा २०७८ दशै तथा तिहार बजारकाे नगर प्रमुख मदन सुन्दर श्रेष्ठले एक भव्य समाराेहका बीच उद्घाटन गर्नुभयाे ।

शनिबार विहान सम्पन्न कार्यक्रममा अध्यक्ष राजेश श्रेष्ठले दशै बजारबारे जानकारी दिनुभयाे ।
याे टाेलमा ८५ वटा पसल तथा व्यवसायी रहेकाे सचिव राेशन बज्राचार्यले आफ्नाे मन्तव्यमा अवगत गराउनु भयाे ।
दशैबजार ४१ दिन चल्ने आयाेजकले बताए।
