इलाममा एक व्यक्तिले श्रीमती र छोरीको हत्या गरेका छन्।
देउमाई नगरपालिका वडा नम्बर ५ का ३४ वर्षका पूर्णचन्द्र तामाङ (कमल) ले ३५ वर्षकी श्रीमती सीता र १५ वर्षीया छोरी दीक्षा तामाङको हत्या गरेको आरोप छ।
उनले श्रीमती, छोरी र घरपालुवा कुकुरसमेत मारेको आरोप छ। गए राति उनले श्रीमती, छोरी र कुकुरको हत्या गरेको अभियोग छ।
प्रहरी घटनास्थल पुगेपछि थप जानकारी आउनेछ ।
