पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गरेको बन्दका कारण देशभरको जनजीवन प्रभावित भएको छ।
बिहानैदेखि यातायात, बजार, व्यवसाय बन्द रहेका छन्। लामो दूरी तथा मध्यम दूरीका यातायातका साधन चलेका छैनन्। छोटो दूरीका यातायातका साधन पनि फाट्टफुट्ट मात्रै चलेका छन्।
बागमती प्रदेशको राजधानी हेटौंडा पनि ठप्प रहेको छ। नेकपाका कार्यकर्ता बिहानैदेखि हेटौंडाका चोकचोकमा झण्डा सहित उपस्थित भएका छन्।
