काठमाडौं , ३० कार्तिक। लामो समयदेखि अलपत्र बनेको नविल बैंक र नेपाल बंगलादेश (एनबी) बैंकबीचको मर्जरको बाधा फुकेको छ ।
चौधरी समूह स्रोतले दिएको जानकारी अनुसार नविल र एमबीबीचको मर्जर प्रक्रियाले अब चाँडै पूर्णता पाउने छ । त्यसका लागि विनोध चौधरीले छलफलसमेत अगाडि बढाइसकेका छन् । आईएफआईसीको ठूलो परिणामको शेयर किन्न चौधरीले पाँच अर्ब रुपियाँ जुटाउनुपर्नेछ ।
एमबी समूहले आईएफआईसीको शेयर किन्न पहिलो अधिकार भन्दै दावी गरेपछि लामो समय छानविनमा खर्च भएको थियो । एनबी बैंकभित्रबाटै विवाद समाधान नभएपछि त्यसको छिनोफानो गर्न राष्ट्र बैंकमा पठाइएको थियो । राष्ट्र बैंकले एनबी समूहको दावीलाई अस्वीकृत गरिदिएसँगै विनोद चौधरीलाई एनबीको शेयर किन्न बाटो खुलेको हो ।
नविलका मुख्य लगानीकर्ता विनोद चौधरीलाई एनबीको बंगलादेशी साझेदार आईएफआईसी बैंकको संस्थापक शेयर खरीद गर्न नदिने एनबीकै केही संस्थापकहरुको प्रयासलाई नेपाल राष्ट्र बैंकले असफल बनाइदिएको छ । आईएफआईसीको संस्थापक शेयरमा दावी गर्नेमा एनबी समूह भनेर चिनिने समूहका सात व्यक्ति तथा संस्थाले र एनबी समूहबाहेक एक जनाले आवेदन दिएका थिए ।

