विराटनगर, मंसिर १ गते । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेश सभाको बैठकमा प्रदेशसभामा कायम रहेका ९२ सांसदमध्ये सभामुख बाहेक ७९ जनाको उपस्थिति थियो । मुख्यमन्त्री राईले आफुलाई प्रदेशसभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा ५० मत प्राप्त भयो र विपक्षमा जम्मा२९ मत रहेको छ ।
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत बहुमतले प्राप्त गरेका छन्। आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री राईले राखेको प्रस्तावको पक्षमा ५० र विपक्षमा २९ मत परेको छ ।
मुख्यमन्त्री राईले पाएको मत प्रदेशसभामा तत्काल कायम रहेका सदस्यको बहुमत भएकाले उनले विश्वासको मत पाएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा गरे ।
आजको मतदानमा ७९ जना सांसद उपस्थित थिए ।
प्रदेश सभामा कुल ९२ सांसदमध्ये नेपाली कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जानले मुख्यमन्त्री राईलाई विश्वासको मत दिएका थिए ।
प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदले भने विश्वासको मतको विपक्षमा मतदान गरेका थिए ।

