एसियन लाइफ इन्स्योरेन्स(ALICL)ले आर्थिक वर्ष २०७६/७७को नाफाबाट लाभांश घोषणा गरेको छ ।
अहिलेसम्म घोषणा गरेका कम्पनीहरुमध्ये एसियनको घोषणा सर्वाधिक रहेको छ ।
इन्स्योरेन्सले २५ प्रतिशत तथा २ प्रतिशत नगद गरी कुल २७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
इन्स्योरेन्सको कार्तिक ३० मंगलबार बसेको सञ्चालक समितिले लाभांश वितरणको निर्णय गरेको हो।
उक्त प्रस्तावित लाभांश बीमा समिति र इन्स्योरेन्सको आगामि वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले प्राप्त गर्ने छन।

