कोटेश्वरमा रोकिराखेको ट्रकसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार बिहान कोटेश्वरको आकाशेपुल नजिक बालकुमारीबाट कोटेश्वरतर्फ आउँदै गरेको प्र.३–०२–०२७ प ५९३७ नम्बरको मोटरसाइकल ट्रकसँग ठोक्किएको थियो ।
ना.६ख १३५८ नम्बरको ट्रकमा ठोक्किएर मोटरसाइकल चालक भक्तपुर ठिमी नगरपालिका–४ घर भएका ३५ वर्षीय सुरज खलाको मृत्यु भएको ट्राफिक महाशाखाका एसपी संजिव शर्माले बताए ।
