आज सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ।
चाँदीको मुल्य पनि आज घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

