दिपक याेगी- काठमाडौं ।
नेवारी समुदायको अत्यन्तै लोकप्रिय परिकार य:मरि बारे आज काठमाडौंको नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान बालमन्दिर नक्सालमा लाेककला कार्यशाला (य:मरि पुन्ही विशेष) अन्तरसंवाद कार्यक्रम भएको छ । नेवार समुदायको परम्परादेखि मनाउँदै आईरहेकाे चाड य:मरि पुन्ही अन्तरसंवाद कार्यक्रममा संकृतिविद् गणेशराम लाछी सहित कुलपति र उपकुलपति,स्थानीय वासि लगायत बौद्धिक ब्यक्तित्वकरुको उपस्थितिमा महत्त्वपूर्ण छलफल भयो। यमरीको कुरा गर्नुपर्दा यो नेवार समुदायभित्र पर्ने परम्पराअनुसार चलिआएको परिकार हो । अहिले बजारमा व्यवसायिक रुपमा जताततै पाइने भएपनि नेवार बाहेक अरुले बनाएको य:मरि सक्कली नभएको संकृतविद् गणेशरामले बताउनुभयो।
य:मरि खास गरि कुनै मासुले नभई शुद्ध शाहाकारी चिजहरुकाे मिश्रणबाट बनाउने गरिन्छ, लाछिले बताउनुभयाे। यसका लागि चाक्कु,चामलको ठिक्ककाे मसिनो पिठो,तिल, लगायत अन्य दुग्धबाट बनेका चिजबिज मिलाएर पनि बनाउन सकिने र यसलाई पकाउँदा स्टिमर अर्थात् जालीमा मोमो पकाए जस्तै गरि तातोपानीको बाफले पकाईने गरिन्छ। यमरी अहिले नेपाल मात्रै नभई भारतमा समेत बनाईने र पर्यटककाे लागि पनि आकर्षक परिकारकाे रूपमा लिएको संकृतविद् गणेशराम लाछिले बताउनुभयो । अहिले प्राय जसो आफ्नो संस्कार संस्कृती लाई बिर्सिदै गएको र पछिल्लो पुस्ताले आफ्नो पहिचान झल्काउने चिजलाई छोड्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयाे। अबका दिनमा सबै समुदाय मिलेर विभिन्न माध्यमबाट आफ्नो संस्कार,संस्कृति र सभ्यताबारे सबैलाई जानकारी गराउनु पर्ने बताउनुभयाे।

